१) कानुनी अधिकार
-बटुकलाल तमाङ
गोपालले प्रवेशिका परीक्षा जेनतेन उत्तर्ीण्ा त गयो, तर पढाइलाई त्यो भन्दा अगाडि बढाउन सकेन । सत्र
वर्षकै उमेरमा पल्लो गाउँकी भुन्टीसँग गहिरो माया बस्यो, एक दिन आफ्नै बा आमालाई समेत एक वचन नसोधी
सुटुक्क भगाएर ल्यायो भुन्टीलाई ।
गोपालले भुन्टी भित्र्याएको पनि ३ वर्ष भइ सकेछ । नातिको तोते
बोली सुन्न पाउँदा गोपालको बुवा आमा दुवै मख्ख पर्थे । जाडो मौसम सुरु भै सकेको
थियो । छोराकोलागि एकसरो न्यानो कपडा हाल्न पनि गोपाललाई निकै समस्या पर्दा
गोपालको मन
विरक्तिएर आयो । राति सुत्ने बेलामा भुन्टीसँग सल्लाह भए अनुसार भोलिपल्ट आफ्नो
विदेशिने योजना बा आमालाई सुनायो । ऋण माथि अर्को ऋण थपेर गोपाल ३ महिना भित्रै
कतार पुग्न सफल पनि भयो । गोपाल कतार पुगेको करिव ३ महिना नपुग्दै यता भुन्टीको
व्यवहारमा निकै परिवर्तन आउन थाल्योे । श्रीमानले पठाएको पैसाले सिंगारिएर डुल्न
थाली । कहिलेकाहि ३ दिनसम्म पनि घरमा आउँदैनथी । सासुले सोधपुछ गर्दा उल्टै
चर्को स्वरमा आफ्नो चियो चर्चा बढी नै गरेर खेदो खन्न थालेको आरोप लगाउदै झगडा
गर्न तम्सन्थी भुन्टी । घरमा कलह नहोस् भनी गोपालको बाबु आमा चुप लागेर बस्नु
शिवाय अरु विकल्प थिएन । भुन्टीले के कुरा लाइदिइ कुन्नी, छोराले
बा आमालाई फोन गर्न पनि छाड्यो ।
नाति ३ वर्षको भइसकेको थियो । उसको
अधिकांश समय हजुरबा र हजुरआमासँगै बित्ने गर्थ्यो । तीन दिनपछि भुन्टी आउँदा
सिकिस्त विरामी जस्तै थिइन् । केही दिन ओछ्यानमै थाला परी । गाउँमा भुन्टीले गर्भपतन गराएको कुरा गाइँगुइँ चल्न थाल्यो ।
गोपालले पनि आफ्नो श्रीमतीको बारेमा
नानाथरी कुराहरु कतारमै सुन्न थाल्यो । विचरा छाँगाबाट खसेझै भयो उसलाई निन्द्रै पर्न छाड्यो । २ महिनाको विदा मिलाएर घर आयो । कुरा बुझ्दै
जाँदा छारष्टै भैसके पायो । सम्बन्ध विच्छेद गर्ने टुंगोमा पुग्यो विचरो ।
अदालतमा फैसला भयो । गोपालको बुबाको
सम्पत्ति ३ भागमध्ये एक भाग भुन्टीलार्इ दिई छुट्टी भिन्न हुने ।
नोभेम्बर ०२, २०१२
