Wednesday, May 26, 2021

कविताः राजनैतिक जिगलो (Political Gigalo)

राजनैतिक जिगलो

भाई भाई नै काटाकाट

गरेरै भए पनि,

सत्ता नाम भएकी

सुन्दरी भोग गर्न,

राजनीतिज्ञ भेषधारी

जिगलोहरु सधैं

मरिहत्ते गर्दो रहेछ ।

 

खै, थाहा भएन,

ती सुन्दरी नै

बैशले उन्मत्त भएर

डाक्तो हो की ? वा

सुन्दरीको कल्कलाउँदो

जवानी देखेर

जिगलोहरुले ¥याल काढेका ।

 

इतिहास देखि वर्तमानसम्म,

तिनै सुन्दरीलाई देखेर,

मै हुँ भन्ने ऋषिमुनिहरु

मैन झै पग्लिएको देख्दा,

आफैलाई शंका लाग्न थाल्यो,

सुन्दरीको नजिक पुग्दा,

मै पनि जिगलो बन्छु कि ?

 

—बटुकलाल तमाङ (2076)






Monday, July 1, 2013

लघुकथाः कानुनी अधिकार

१) कानुनी अधिकार

-बटुकलाल तमाङ
गोपालले प्रवेशिका परीक्षा जेनतेन उत्तर्ीण्ा त गयो, तर पढाइलाई त्यो भन्दा अगाडि बढाउन सकेन । सत्र वर्षकै उमेरमा पल्लो गाउँकी भुन्टीसँग गहिरो माया बस्यो, एक दिन आफ्नै बा आमालाई समेत एक वचन नसोधी सुटुक्क भगाएर ल्यायो भुन्टीलाई ।
गोपालले भुन्टी भित्र्याएको पनि ३ वर्ष भइ सकेछ । नातिको तोते बोली सुन्न पाउँदा गोपालको बुवा आमा दुवै मख्ख पर्थे । जाडो मौसम सुरु भै सकेको थियो । छोराकोलागि एकसरो न्यानो कपडा हाल्न पनि गोपाललाई निकै समस्या पर्दा गोपालको मन विरक्तिएर आयो । राति सुत्ने बेलामा भुन्टीसँग सल्लाह भए अनुसार भोलिपल्ट आफ्नो विदेशिने योजना बा आमालाई सुनायो । ऋण माथि अर्को ऋण थपेर गोपाल ३ महिना भित्रै कतार पुग्न सफल पनि भयो । गोपाल कतार पुगेको करिव ३ महिना नपुग्दै यता भुन्टीको व्यवहारमा निकै परिवर्तन आउन थाल्योे । श्रीमानले पठाएको पैसाले सिंगारिएर डुल्न थाली । कहिलेकाहि ३ दिनसम्म पनि घरमा आउँदैनथी । सासुले सोधपुछ गर्दा उल्टै चर्को स्वरमा आफ्नो चियो चर्चा बढी नै गरेर खेदो खन्न थालेको आरोप लगाउदै झगडा गर्न तम्सन्थी भुन्टी । घरमा कलह नहोस् भनी गोपालको बाबु आमा चुप लागेर बस्नु शिवाय अरु विकल्प थिएन । भुन्टीले के कुरा लाइदिइ कुन्नी, छोराले बा आमालाई फोन गर्न पनि छाड्यो ।
नाति ३ वर्षको भइसकेको थियो । उसको अधिकांश समय हजुरबा र हजुरआमासँगै बित्ने गर्थ्यो । तीन दिनपछि भुन्टी आउँदा सिकिस्त विरामी जस्तै थिइन् । केही दिन ओछ्यानमै थाला परी । गाउँमा भुन्टीले गर्भपतन गराएको कुरा गाइँगुइँ चल्न थाल्यो ।
गोपालले पनि आफ्नो श्रीमतीको बारेमा नानाथरी कुराहरु कतारमै सुन्न थाल्यो । विचरा छाँगाबाट खसेझै भयो उसलाई निन्द्रै पर्न छाड्यो । २ महिनाको विदा मिलाएर घर आयो । कुरा बुझ्दै जाँदा छारष्टै भैसके पायो । सम्बन्ध विच्छेद गर्ने टुंगोमा पुग्यो विचरो ।
अदालतमा फैसला भयो । गोपालको बुबाको सम्पत्ति ३ भागमध्ये एक भाग भुन्टीलार्इ दिई छुट्टी भिन्न हुने ।

नोभेम्बर ०२, २०१२


शैक्षिक लेखः विद्यालय शिक्षामा अनलाइन कक्षा

विद्यालय शिक्षामा अनलाइन कक्षा  बटुकलाल तमाङ  भरतपुर, चितवन  भूमिका  कोभिड महामारीको बेलामा बाध्यतावश अनलाइन कक्षाहरुको लहर नै चल्यो । नहुन ...