राजनैतिक जिगलो
भाई भाई नै काटाकाट
गरेरै भए पनि,
सत्ता नाम भएकी
सुन्दरी भोग गर्न,
राजनीतिज्ञ भेषधारी
जिगलोहरु सधैं
मरिहत्ते गर्दो रहेछ
।
खै, थाहा भएन,
ती सुन्दरी नै
बैशले उन्मत्त भएर
डाक्तो हो की ? वा
सुन्दरीको कल्कलाउँदो
जवानी देखेर
जिगलोहरुले ¥याल काढेका ।
इतिहास देखि
वर्तमानसम्म,
तिनै सुन्दरीलाई
देखेर,
मै हुँ भन्ने
ऋषिमुनिहरु
मैन झै पग्लिएको
देख्दा,
आफैलाई शंका लाग्न
थाल्यो,
सुन्दरीको नजिक
पुग्दा,
मै पनि जिगलो बन्छु
कि ?
—बटुकलाल तमाङ (2076)

No comments:
Post a Comment