३) माकरे सहयाेग
- बटुकलाल तमाङ
साइला बा गाउँभरि पुजनीय हुनुहन्थ्याे । समाजसेवा वहाँकाे पेशा नै
भएकाे थियाे । निश्पक्षता वहाँकाे अाचरण बनिसकेकाे थियाे । एक दिन गाउँमा पिउने
पानीकाे समस्या कसरी टार्ने भन्ने विषयमा अामभेला बस्याे । साे भेलाले नजिकैकाे
थुम्के डाँडामा रहेकाे मुलकाे पानी पाइप राखेर टाेलटाेलमा वितरण गर्ने व्यवस्था
मिलाउने निर्णय भयो । सदाझै यसपाली पनि यस महान कार्यकाेलागि साइला बालार्इ
नै अगुवा बनाइयाे । जिल्ला सदरमुकाम धाएर पाइपकाे व्यवस्था समेत भयाे । यता
माकरे कान्छालार्इ त्याे रात निन्द्रा फिटिक्कै परेन । सँगैकाे साइला बा फेरि गाउँलेकाे
नजरमा नायक हुने भाे भन्ने कुराले उसलार्इ खुबै पाेल्याे । भाेलिपल्ट उसले अाफ्ना
दुर्इ चारजना मतियारसँग यस कार्यलार्इ कसरी भाँजाे हाल्ने र साइला बालार्इ असफल
बनाउने भन्ने विषयमा छलफल गर्याे । उनीहरुकाे सल्लाह मुताविक पाइप ल्याउने
अघिल्लाे रात थुम्के डाँडा जाने एउटै मात्र साँघुराेबाटाेमा ढुङ्गा मुढा राखेर
तगाराे तेर्स्याइयाे । विहान साे बारेमा एककान दुर्इकान मैदान हुँदै गाँउभरि
हल्ला फैलियाे । गाउँमा भेला बस्याे । तगाराे हटाउनु ठुलाे कुरा थिएन, तर
तगाराे कसले राख्याे साे पत्ता लगाउनु जरुरी थियाे । सबैले एकैप्रकारकाे अड्कल
काटे । साे अनुसन्धानकाे जिम्मा पुलिसलार्इ दिने निधाे भाे । अाफु अप्ठ्याराेमा
पर्ने पक्का भएपछि माकरे कान्छा भिडबाट उठेर बाेल्याे, "जसले
गरे पनि एकपटकलार्इ माफ दिम्न त, बरु त्यसलार्इ
हामी नै सफा गरम्ला ।"
स्थानीय चुनाव अायाे । वडाध्यक्षकाे उमेद्वारमा धेरैले साइला बाकै मुख
ताके । साइला बाले स्पष्ट पारे, "समाजसेवाकाे
लागि कुनै पदमा बस्न जरुरी छैन ।" यस्ताे कुरा सुने पछि माकरे कान्छाे
अाफ्नाे दलबल सहित साइला बाकाेमा पुगेर याचना गर्याे, "साइला,
तिमी नउठ्ने भए पछि यसपाली मलार्इ सहयाेग गर्नु पर्याे । उति बेला
बाटाेकाे तगाराे हटाउन मैले पनि तिम्लार्इ सहयाेग गरेकै थिएँ क्यार ।"
सेप्टेम्बर २०, २०१४

No comments:
Post a Comment