८) नयाँ शिक्षा
–बटुकलाल तमाङ
सत्र वर्ष सेनामा सेवा गरे पश्चात एउटा बैंकमा सुरक्षाकर्मीको
रुपमा दोस्रो जागिर सुरु गरेको पनि पिताम्बरले पच्चिस वर्ष पुगि सकेछ । उ बेलामा
कक्षा ७ भन्दामाथि पढ्न सकेन घरको अवस्थाले ।एकदिन सधैंजसो ऊ बैंकको ढोकामा सुरक्षार्थ खटी रहेको थियो । एकजना युवक उसको नजिकै खाली भौचर लिएर आयो । “अंकल, बाबाको खातामा पैसा जम्मा गर्नु थियो । यो भौचर कसरी भर्ने होला ?”
पिताम्बरले युवकलाई माथिदेखि तलसम्म नियाल्दै सोध्यो, “कति कक्षामा पढ्दै छौ, बाबु ?”
युवक बोल्यो, “प्लस टु म्यानेजमेन्ट पढ्दै छु, अंकल ।”
बुढो सुरक्षाकर्मीको प्रश्नवाची हेराई देखे पछि युवकले थप्यो, “हाम्रो नयाँ शिक्षामा यस्तो कुरा पढ्नु पर्दैन क्या, अंकल ।”
पिताम्बर चुपचाप उसको भौचर भरी दिन्छ ।
२०७६ असोज २८, मंगलवार

No comments:
Post a Comment